दशैँँको टीका लगाइँदै

रासस

मंगलबार, २१ असोज २०७६, १३ : ४३
दशैँँको टीका लगाइँदै

हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ ।

पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत आज बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसाको समयमा टीका लगाउने प्रचलन छ । दशैँँमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन हो ।

काठमाडौँ उपत्यकाका सडकमा टीका थाप्न जाने आउनेको चहल पहल शुरु भएको छ । दशैँँको विदा भएको र काठमाडौँ बाहिर दशैँँ मान्न ठूलो सङ्ख्यामा मानिस गएकाले काठमाडाँैको सडक भने प्राय ः सुनसान देखिएको छ ।

प्रतिक्रिया दिनुहोस