मोटरसाइकलको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २० असोज २०७६, १९ : ३५
मोटरसाइकलको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

चितवन । मोटरसाइकलको ठक्करबाट चितवनमा एक ब्यक्तिको मृत्यु भएको छ । इछाकामना गाउपालिका ६ जलबिरेका ६५ बर्सिय इमाल दिन मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । 

पैदल हिडिरहेका मियालाई मुग्लिनबाट नारायनगढ तर्फ जाँदै गरेको ग ७ प १९९६ नम्बरको मोटरसाइकलले आज दिउसो ३ बजे जलबिरेमा ठक्कर दिएको थियो । उन्को उपचारका क्रममा पुरानो मेडिकल कलेजमा साझ ६:४५ बजे मृत्यु भएको प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एक नारायन कोइरालाले जानकारी दिए । 

ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस