तास खेल्ने ६ जना चितवनबाट पक्राउ

सफल खबर संवाददाता

सोमबार, २० असोज २०७६, १९ : ३१
तास खेल्ने ६ जना चितवनबाट पक्राउ

चितवन । चितवनमा तास खेल्ने ६ जना पक्राउ परेका छन । पुर्बि चितवनको कालिका नगरपालिका १ डडुवास्थित सुबास श्रेष्ठको घरमा तास खेलिरहेका उनिहरुलाई आज साझ ५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । 

चाडपर्बको मौकामा तास खेल्ने उनिहरुको साथबाट ३ बुक तास र नगद ३६ हजार ३ सय २५ रुपैयाँ बरामद गरिएको प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एक नारायन कोइरालाले बताए । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यलय टाडिमा राखी थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

पक्राउ पर्नेहरुमा कालिका नगरपालिका १ का ४२ बर्सिय हरि गुरुङ, ३२ बर्सिय भिम बहादुर तामाङ, ३८ बर्सिय जीवन लामा, ३२ बर्सिय बिष्णु गुरुङ, २७ बर्सिय सुवास श्रेष्ठ र बांके नेपालगन्ज नगरपालिका ४ का ६० बर्सिय सन्त बहादुर गुरुङ रहेको प्रहरिले जनाएको छ। 

चाडपर्ब लक्ष्यित सुरक्षा योजना अन्तर्गत चितवन प्रहरिले जुवातास खेल्ने खेलाउनेमाथी विशेष निग्रानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस