दुर्घटना गरी फरार भएका कार चालक पक्राउ

सोमबार, २० असोज २०७६, ११ : ४७
दुर्घटना गरी फरार भएका कार चालक पक्राउ

ललितपुर । कार दुर्घटना पछि फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

ललितपुर महानगरपालिका वडा नं। २६ चिवाल स्थित सडक खण्डमा बा८०प ६१०० नम्बरको मोटरसाइकललार्इ ठक्कर दिंई  फरार रहेका बा १०च ३००२ नम्बरका कार  चालक टक बहादुर तामाङलाई  प्रहरीले पक्राउ गरेको हो । 

कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गोपाल माझीको उपचारको क्रममा मृत्यु भएको थियो ।  

दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस