काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरेर लामो दूरीको बस चलाउने ८ चालकलाई प्रहरीले पक्राउ गरेको छ । असोज १६, १७ र १८ गते लामो दूरीको बस चेकजाँचको क्रममा ती चालकले मापसे गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।
यस्तै उपत्यकामा चल्न्े २ बस र एक ट्रकका ाचालकसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई प्रहरीले नयाँ बसपार्क, नागढुंगा, थानकोटलगायतका क्षेत्रमा चेकजाँच गर्दा मापसे सेवन गरेको पाइएको थियो ।
प्रतिक्रिया दिनुहोस