२० हजार घुससहित सशस्त्र प्रहरीका २ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १७ असोज २०७६, २१ : ४३
२० हजार घुससहित सशस्त्र प्रहरीका २ जना पक्राउ

काठमाडौं–सशस्त्र प्रहरी सीमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरी पक्राउ परेका छन् । 

 भारतबाट मालसामान क्यारिङ गरि ल्याउने क्रममा भन्सार शुल्क तिरिसके पश्चात पनि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

चौधरीद्वयले सेवाग्राहीसँग घुस वापतको रकम लिइसकेको अवस्थामा भजनी नगरपालिका १ स्थित वेलकम कटेज नजिकबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस