बुटवल । रुपन्देहीमा एक जना लुटिएका छन् । भैरहवा लुम्बिनि सडकखण्डमा लुम्बिनी रोड स्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिस त्रिपाठी विहिबार दिउसो लुटिएको प्रहरीले बताएको छ । उनको साथमा रहेको ६ लाख रुपैयाँ दुई जनाको समुहमा आएका लुटेराले लुटेर फरार भएका छन् ।
रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योग तर्फ मोटरसाईकलमा जांदै गर्दा त्रिपाठीलाई हेलमेटले टाउकोमा प्रहार गरी रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । घटनामा हनुसनेधान भईरहेको प्रहरीले बताएको छ ।
यसअघि गत भदौ २९ गते अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षिय महेन्द्र कुर्मीको गोली प्रहार गरी ५ लाख रुपैया लुटिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०७६, १५ : २०
लेखकबाट थप