बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

विहीबार, ०९ असोज २०७६, १२ : ०९
बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

बुटवल। पुर्व नवलपरासीको प्रहरीले एक १४ वर्षीया  बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा ६५ वर्षका एक बृद्धलाई पक्राउ गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १६ घर भई कावासोतीमा बस्दै आएका ६५ वर्षीय टेकबहादुर घलेलाई १४ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको  जिल्ला प्रहरी प्रमुख एसपी  मोहन पोखरेलले जानकारी दिए ।निज वृद्धबिरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरी अदालतमा म्याद थपी अनुसन्धान भई रहेको उनले बताए । उनका अनुसार ती बालिकाको पेटमा  ७ महिनाको गर्भ रहेको  छ ।

प्रतिक्रिया दिनुहोस