काठमाडौं । नेपाल प्रहरीले अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–९ ‘एभरेष्ट होलिडे इन होटल’बाट अवैध हातहतियारसहित चार जनालाई आज बिहान पक्राउ गरेको हो । पक्राउपर्नेमा उदयपुरका भीम सुर्खेती, सिन्धुलीका भीमबहादुर माझी, प्रदीप माझी र लोकेन्द्रबहादुर आले रहेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले होटलको ४०४ नम्बर कोठाबाट हतियारसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ परेकासँग एक पेस्तोल, एक म्यागजिन र छ राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०८ असोज २०७६, २१ : ३०
लेखकबाट थप