आजको राशिफल

आज असोज ८ गते, तपाईको आजको दिन कस्तो रहनेछ ?

सफल खबर संवाददाता

बुधबार, ०८ असोज २०७६, ०७ : ०७
आज असोज ८  गते, तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष
अध्ययन अध्यापनमा तपार्ईँको कमजोर उपश्थितिको फइदा अरुले उँठाउँन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन बिचलित हुनेछ । 

बृष
खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुनालेअध्ययन अध्यापनमा मन जानेछ । आफूलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्सित हुनेछ ।

मिथुन 
आफन्त तथा परिवारका सदस्यहरु तपार्ईँको कामदेखि खुसी हुनेछन् । सभा सभारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएरु जाने हुनाले आम्दानी कास्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।  

कर्कट 
बोलैरै मनग्गे भन आर्जन गर्न सकिने तथा सापटि स्वरुप दिएको धन सम्पति फिर्ता आउँनेछ । आफन्त तथा घर परिवारका साथ कहि कतै गई स्वादिष्ट भोजन ग्रहण गर्ने बाताबरण बन्नेछ । पढाइ लेखाइमा प्रगति गरि नाम कमाउन सकिनेछ ।

सिहं 
 खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।

कन्या 
पढाइ  लेखाइमा सुधार गर्दै लान सकिनेछ तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट रुपैया पैसा कमाउन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउँने ग्रहयोग रहेकोछ ।

तुला 
नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी  गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ । समयले साथ दिने हुनालेअन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ ।

बृश्चिक लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानीकास्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।  

धनु 
माया प्रेममा अबिश्वास सिर्जना भएपनि अन्ततर एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा पुरानो समस्या बल्झन सक्छ ।

मकर 
 लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । बिद्यार्थीहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुँदा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

कुम्भ
 व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी  गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । 

मीन 
भौतिक सम्पति तथा विलासी वस्तुहरुको प्रयोग गर्न पाइने  हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा मायामा सामिप्यता बढेर जानेछ । 

प्रतिक्रिया दिनुहोस