दुई छोरीमाथि तिम्ल्याहा छोरी

आमा र नवजात शिशुहरुको स्वास्थ्य अवस्था गम्भीर भएपछि हेलिकोप्टरमा उद्धार

मंगलबार, ०७ असोज २०७६, १६ : ००
आमा र नवजात शिशुहरुको स्वास्थ्य अवस्था गम्भीर भएपछि हेलिकोप्टरमा उद्धार

दार्चुला । यहाँको नौगाड गाउँपालिकास्थित स्वास्थ्य चौकी खारको सुरक्षित प्रसूति गृह (बर्थिङ) सेन्टरमा सोमबार तीन छोरी जन्माएकी मानमतिको आज मंगलबार हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । 

नौगाड गाउँपालिका–२ काकनाडी चौखुट्टे बस्ने वर्ष २५ की मानमती धामीले सोमबार दुर्गम क्षेत्रमा रहेको वर्थिङ सेन्टरमा बच्चा जन्माएकी मानमतिको त्यहाँ उपचार सम्भव नभएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

धामीको अहिले सुविधासम्पन्न अस्पताल नेपालगंजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले जानकारी दिए । मानमतिले यसभन्दा पहिले दुइ छोरीको जन्म दिइसकेकी छिन् । 

सोमबार मानमतिले जन्म दिएका तीन छोरीहरुको तौल औषत तौलभन्दा कम रहेको छ । पहिलो पटक जन्मिएको छोरीको २ किलो, तथा दुई छोरीको १ किलो २ सय ग्राम मात्र तौल रहेको छ । दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेसिन नहुँदा समस्या भएको अनमी ठगुन्नाले बताईन । उनका अनुसार सेन्टरमा अक्सिजन मेसिन समेत छैन । 

२४ सै घण्टा प्रसुति सेवा भएपनि उपकरण अभावमा समस्या भएको उनले बताइन् । धामी र बच्चाहरुको अवस्था गम्भिर रहेका कारण उनलाई सुविधा सम्पन्न स्थानमा उपचारका लागि हेलिकप्टरबाट नेपालगंज लगिएको उनले जानकारी दिइन् । 

स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सम्बन्धी सामान्य सेवाबाहेक अरु जटिल सेवा दिन नसकिने भएकाले पनि जटिल अवस्थाका गर्भवतीलाई अन्यत्र रेफर गर्नुपर्ने विकल्प नरहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

एकै पटक तीन सन्तानको जन्म दिएकी मानमतिको स्वास्थ्य अवस्थासमेत कमजोर रहेकाले तत्काल उद्धार गर्नुपर्ने देखिएकाले उनको उद्धार गरिएको हो । यसअघि धामीका छ वर्ष र ३ वर्षकी गरि दुई छोरी छन् ।
 

प्रतिक्रिया दिनुहोस