राष्ट्रकविको जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना

मंगलबार, ०७ असोज २०७६, ११ : ०४
राष्ट्रकविको जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उहाँको सुस्वास्थ्य र  दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गर्नुभएको हो । “नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्”, प्रधानमन्त्रीले गर्नुभएको ट्वीटमा उल्लेख छ । हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो । (रासस)
 

प्रतिक्रिया दिनुहोस