काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-१० बस्ने पाँचथर फिदिमका २९ वर्षीयको पुरुषलाई लुटपाट गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं गोगबुस्थित नमस्ते नेपालमा काम गरी बस्ने कैलाली धनगढीका प्रेम श्रेष्ठ र काठमाडौं मित्रनगर बस्ने बाँके घर भएका १८ वर्षीय रेवन गिरी रहेका छन् ।
ती पुरुषलाई ढुङगा प्रहार गरी उनको साथमा रहेको नगद ४७ हजार रुपैयाँ र मोबाईल १ थान लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ढुंगा प्रहारबाट घाइते भएका पुरुषलाई उपचारका लागि अल नेपाल अस्पताल सामाखुसी पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस