काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको फैसलाबाट एक लाख ५० हजार कैद र १ वर्ष ६ महिना सजाय पाइ फरार रहेकी काठमाडौं महानगरपालिका १० कि बिमला थापालाई प्रहरीले वानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई काठमाडौं जिल्ला अदालत मार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस