भरतपुर अस्पताललाई तत्काल केन्द्रिय अस्पतालको सुविधा दिन सभापति रावलको  माग

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, १९ : २८
भरतपुर अस्पताललाई तत्काल केन्द्रिय अस्पतालको सुविधा दिन सभापति रावलको  माग

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’ले भरतपुर अस्पताललाई तत्काल केन्द्रिय अस्पतालको सेवा सुविधा दिन माग गरेकी छन् । आज सभाको बिशेष समयमा बोल्दै उनले सरकारले भरतपुर अस्पताललाई कन्द्रिय अस्पताल घोषणा गरेपनि अहिलेसम्म अस्पतालले नागरिकलाई केन्द्रिय अस्पतालको सेवा सुविधा दिन नसकेको बताइन् ।

उनले भनिन्, ‘केन्द्रिय अस्पताल घोषणा गरेदेखि अहिलेसम्म ओएनएम सर्भे भएको छैन्, केन्द्रिय अस्पतालमा उपचार गर्न आउने विरामीलाई आवश्यक पर्ने भौतिक पूर्वाधार ,दक्ष जनशक्ति,उपचारमा प्रयोग हुने उपकरणहरु जिल्ला अस्पताल सरहको छ ।’

उनले वीर अस्पताल पछि सबैभन्दा धेरै विरामी उपचारका लागि आउने अस्पताल भरतपुर अस्पताल भएपनि त्यस अनुसारको सेवा सुविधा प्रदान गर्न नसकिएको भन्दै सरकार मार्फत स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

दैनिक १२ सयदेखि २ हजार सम्म विरामी चितवन आसपासका १९ जिल्लाबाट उपचारका लागि भरतपुर अस्पताल आउने गरेको उनले बताइन् ।  ‘भरतपुर अस्पतालमा सरकारी चिकित्सक र कर्मचारी जम्मा १ सय ५० जना छन्,उनले भनिन्’, ४ सय ५० भन्दा बढि विकास समितिका कर्मचारीको भरमा अस्पताल छ ।’

उनले विकास समितिका कर्मचारीहरुले नियुक्ती विनानै काम गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले अस्पताल विकास समिति सक्रिय नभएको भन्दै तत्काल सम्बोधन गर्न माग गरिन् ।

सभापति रावलले चितवनका अस्पतालमा ज्वरो र डेङगुका विरामी बढेको भन्दै तत्काल टोलटोलमा डेङगु सार्न लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान तिब्र पार्नु माग गरिन् । उनले चितवनमा सबैभन्दा धेरै डेङगुका विरामी भएकाले सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।


 

प्रतिक्रिया दिनुहोस