आज र भोलि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन चेतावनी

मंगलबार, ३१ भदौ २०७६, १६ : २३
आज र भोलि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन चेतावनी

काठमाडौँ – लगातार वर्षा भइरहेकोले आज मंगलबार र भोलि बुधबार विभिन्न जिल्लाका नदीमा बहावले सतर्कता तह पार गर्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन चेतावनी दिइएको छ ।

कोसी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, आरूण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैया लगायत मकवानपुर बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलबस्तु तथा दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने र केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान मशाशाखाले चेतावनी दिएको हो ।

‘कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने सम्भावना रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा मंगलबार बेलुकी सम्मै उच्च सतर्कता अपनाउनुहोला’, महाशाखाले सूचना जारी गरेर भनेको छ ।

प्रतिक्रिया दिनुहोस