म्याजिक पल्टिदा भरतपुरमा एक जनाको मृत्यु, तिन जना घाईते

सफल खबर संवाददाता

मंगलबार, ३१ भदौ २०७६, १२ : ५८
म्याजिक पल्टिदा भरतपुरमा एक जनाको मृत्यु, तिन जना घाईते

चितवन । म्याजीक अनियन्त्रीत भई पल्टिदा चितवनमा एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका ४ सितलपुरका २२ वर्षीय निसा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घट्नामा ३ जना घाईते भएका छन । 

रामनगरबाट भरतपुरतर्फ आईरहेको ना १ ज ५२९९ नम्बरको म्याजिक भरतपुर महानगरपालिका १ रामनगर नजिकै पानी ट्यांकी ओरालोमा विहान १०ः४५ बजे पल्टिदा ४ जना घाईते भएका थिए ।

गम्भिर घाईते नेपालीलाई उपचारका लागी भरतपुरतर्फ ल्याउदै गर्दा ११ः०५ बजे बाटैमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिए ।

अन्य घाईतेको भरतपुरमा उपचार भईरहेको छ भने म्याजिक र चालक प्रहरीका नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस