चितवन । चितवनको पहाडी ईलाकामा ठुलो क्षेत्रफलमा लगाएको गाँजा खेती प्रहरीको टोलीले नष्ट गरेको छ । पुर्वि चितवन राप्ती नगरपालिका वडा न १२, साविक कोराक र लोथर गाविसका विभिन्न स्थानहरुको ७ विघा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै एक कठ्ठा क्षेत्रफलमा लगाएको गाँजाको व्याड बेर्ना पनि नष्ट गरेको प्रहरी प्रवक्ता एक नारायण कोईरालाले जानकारी दिए । गाँजा फडानीका लागी गएको २७ गत्ते दिउसो प्रहरी निरिक्षक सुशील कुमार पाण्डेको कमाण्डमा १८ जना र सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र पाण्डेका कमाण्डमा २१ जना गरी ३९ जनाको सयुक्त टोली खटिएको थियो ।
टोलीले गाँजा खेती नष्ट गर्नुका साथै अवैध लागु औषध कारोबार र अन्य अपराधिक गतिविधिहरुको बारेमा निगरानी तथा विभिन्न संभावित स्थानहरुको एरिया डोमिनेसन गरेको प्रवक्ता कोईरालाले बताए ।
टोली ४ दिनपछि ३० गत्ते दिउँसो भरतपुर फर्किएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ भदौ २०७६, ०८ : ५१
लेखकबाट थप