स्रोत नखुलेको रकम सहित मगर पक्राउ

सफल खबर संवाददाता

सोमबार, ३० भदौ २०७६, १७ : २३
स्रोत नखुलेको रकम सहित मगर पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका(११ त्रिपुरेश्वर चोकबाट काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका ५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेकसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उमेश सवार प्रदेश नम्बर ३-०२-००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस