यस्तो छ चितवन प्रहरीको विशेष सुरक्षा योजना

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०७६, २० : ०४
यस्तो छ चितवन प्रहरीको विशेष सुरक्षा योजना

चितवन । चितवन प्रहरीले चाडपर्व लक्षीत विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार, छठ, उभौली उधौली लगायतका आउँदै गरेको चाडपर्व लक्षीत सुरक्षा योजना शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

सुरक्षा योजनामा यात्रुको सुरक्षा, भिडभाडको मौकामा हुनसक्ने चोरी, तस्करी, हिंसात्मक गतिविधि, गुणस्तरहिन वस्तुको विक्रि वितरण नियन्त्रण, बैंक तथा वित्तिय क्षेत्रको सुरक्षा प्राथकितामा रहेका छन । यस्तै अवैध मदिरा विक्रिवितरण, मादक पदार्थ सेवन गरी हुनसक्ने झैझगडा नियन्त्रण, जुवा तास नियन्त्रण, नसालु पदार्थ तथा लागुऔषध नियन्त्रण पनि विशेष सुरक्षा योजनामा समेटिएका छन । 

७१५ प्रहरी परिचालन 
योजना मातहतका सम्पुर्ण प्रहरी इकाई, संयन्त्र मार्फत कडाईका साथ लागु गरीने प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए । मल्लका अनुसार सुरक्षा योजना सफल पार्न जिल्लामा ७ सय १५ जना प्रहरी परिचालन हुनेछन । भरतपुरका मुख्यमुख्य क्षेत्रमा ३८ वटा सिसि क्यामेरा पनि जडान गरीएको मल्लले बताए । 

योजना सफल पार्न जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोष्ट राखिने, रिजर्भ फोर्स तयारी अवस्थामा राखिने, क्वीक रेस्पोन्स टिम परिचालन हुने तथा १२ वटा मोवाईल गस्ति हुने जनाईएको छ । यस्तै १७ वटा मोटरसाईकले पनि गस्ति गर्नेछ । 

२७ स्थानमा प्रहरीको विशेष टुकडी राखिने, राजमार्ग गस्ति र स्कटीङका लागी ६ वटा भ्यान खटिनेछन । २४ वटा प्रहरी युनिटबाट सादा पोसाकका प्रहरी परिचालन हुने प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले जानकारी दिए । 

३ स्थानमा हेल्पडेस्क
यात्रुको सहजताका लागी पुलचोक, केन्द्रिय बस टर्मिनल र पोखरा बसपार्कमा हेल्पडेस्क स्थापना गरीने सवारी चेकजाँचलाई व्यापकता दिने प्रहरीले जनाएको छ । सुरक्षा योजनालाई महानगर, नगर, गाँउपालिकाका प्रमुख, सुरक्षा निकाय साथै सरोकारवाला पक्षविचको समन्वयमा थप प्रभावकारी बनाउने प्रहरीको योजना रहेको छ । 

९ वटा जवरजस्ति करणीका घट्ना
जिल्लामा साढे ३ महिनाको अवधिमा ९ वटा जवरजस्ति करणीका घट्ना घटेको छ । ०७६ जेठ १५ देखि भदौ २७ सम्मको घट्ना विवरण सार्वजनिक गर्दै प्रहरी नायव उपरिक्षक सालिकराम पौडेलले जवरजस्ति करणीको ९ वटा मुद्धा दर्ता भएको बताए । घट्नामा सम्लग्न १० जनामध्ये ९ जना पक्राउ परेका छन । 

यस्तै कर्तव्य ज्यानका ३ वटा घट्ना घटेकोमा तिन वटै घट्नामा सम्लग्न ७ जनालाई पक्राउ गरी मुद्धा चलीरहेको, ज्यान मार्ने उद्योगका ३ वटा घट्नामा सम्लग्न ४ जनामध्ये तिन जना पक्राउ परेको डिएपी पौडेलले बताए । यो अवधिमा जिल्लामा १२ वटा चोरीका घट्ना भएका छन । घट्नामा सम्लग्न १८ मध्ये १७ जना पक्राउ परेका छन । 

जिल्लामा लागुऔषध ओसारपसार तथा सेवनका घट्ना डरलाग्दो देखिएको प्रहरी कार्यालयको तथ्याङकले देखाएको छ । यस अवधिमा भएका २१ घट्नामा सम्लग्न ३२ जनालाई पक्राउ गरी कारवाहि गरीएको डिएसपी पौडेलले बताए । 
 

प्रतिक्रिया दिनुहोस