दर्ताका लागि नेकपाले दियो आयोगमा निवेदन

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०७६, ०७ : ०२
दर्ताका लागि नेकपाले दियो आयोगमा निवेदन

काठमाडौं । आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । 

नेकपाले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ताका लागि बिहीबार निवेदन दिएको हो ।  

नेकपा महासचिव विष्णु पौडेलले संविधानअनुसार आवश्यक कागजातसहित आयोगमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको हस्ताक्षरित निवेदन पेश गरिएको  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस