रुपन्देहीमा स्रोत नखुलेको ४० लाख रुपैयासहित २ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०७६, ०६ : ५८
रुपन्देहीमा स्रोत नखुलेको ४० लाख रुपैयासहित २ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयासहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार पक्राउ पर्नेहरुमा थाना नौतनवा, ग्राम लौटन, भारत का २४ वर्षिया रितेशकुमार मधेसिया र सोही ठाउकै २४ वर्षिया निरजकुमार अग्रहरी रहेका छन । 

जिप्रकाका अनुसार विहिवार दिउसो ४ बजेको समयमा बिशेष सुचनाको आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सिद्धार्थनगर नगरपालिका वार्ड नं.१ वाईपास स्थीत सडकमा भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आईरहेको भारतीय युपी ५६ वाइ ७०४९ नं।को मोटर साईकलमा उनीहरु सवार रहेका थिए ।

सोही मोटरसाइकललाई रोकी चेकजांच गर्ने क्रममा मोटर साईकल चालकले पछाडि बोकेको झोला खान तलासी गर्दा श्रोत नखुलेको अबैद्य रकम (हुण्डी) बरामद भएको प्रहरीले जनाएको छ ।

जिप्रकाका अनुसार विभिन्न दरका नेपाली नोटहरु ३८ लाख ९३ हजार १ सय  र विभिन्न दरका भारतीय नोटहरु १ लाख ६४ हजार भारतीय रुपैया गरी ४० लाख ५७ हजार एक सय रुपैया बरामद भएको छ । उनीहरुसगबाट बिभिन्न बैंकका चेक समेत बराद गरिएको छ । पक्राउ परेका व्यक्तीहरुलाई जिप्रका कार्यालयको नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाइएको छ ।

बिभिन्न बैंकका बिभिन्न व्यक्तीको नाममा बिभिन्न मितिमा काटिएका २७ लाख ४८ हजार ७ सय रुपैया बराबरको १० थान चेक , बिभिन्न बैंकका चेक बुकहरु ५ थान, भारतीय र नेपाली बैंकको एटीएम कार्ड ७ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस