काठमाडौं | टेलिभिजनकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न निवेदन परेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा उनीहरुमाथि दुरुत्साहनको आरोप छ ।
जिल्ला अदालतले लामिछाने र कँडेललाई धरौटी र रुकुलाई साधारण तारेखमा रिहा गरेपछि उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता भएको हो ।
सोमबार सरकारी वकिल कार्यालयले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै पुनरावेदन दर्ता गराएको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरले बताए । उनका अनुसार सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०७६, २१ : २४
लेखकबाट थप