भरतपुर अस्पतालका कर्मचारी आन्दोलीत

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०७६, २० : ३५
भरतपुर अस्पतालका कर्मचारी आन्दोलीत

चितवन । भरतपुर अस्पतालका कर्मचारीहरु अस्पताल प्रशासनविरुद्ध आन्दोलीत बनेका छन ।  अस्पताल विकास समिति कर्मचारी युनियनले प्रशासनविरुद्ध आज पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनीक गरेको हो । 

उनिहरुले विभिन्न ११ बुदे माग राखेका छन । कर्मचारीको जायज मागबारे पटकपटक ध्यानाकर्षण गराउदा पनि अस्पताल प्रसासनले आनाकानी गरेकाले आन्दोलीत हुनुपरेको युनियनका अध्यक्ष चन्द्रमणी बस्यालले बताए । 

युनियनले विगत ५५ दिन देखि विना करार नविकरण र विना तलव कार्य गराउदा प्रशासन गैह्रजिम्मेवार बनेको, डेंगु लगायतका प्रकोप नियन्त्रण तथा उपचारमा खटिएका कर्मचारीहरुको मनोवल कमजोर बनाउने कार्य गरेको लगायतका विभिन्न आरोप पनि लगाएका छन । 

युनियनले सम्पुर्ण कर्मचारीको असरा मसान्तपछि रोकिएको करार नविकरण गरी स्केल अनुसार तलव दिनुपर्ने, सुत्केरी तथा दुर्घट्नाको अवस्थामा नियम अनुसार विदा दिनुपर्ने, नसिंङ कार्यक्रममा विकास समितिका कर्मचारी अनिवार्य हुनेगरी शैक्षिक वोर्ड बनाई सञ्चालन गर्नुपर्ने लगायतका माग गरेका छन । 

उनिहरुले भदौ २४ गत्तेदेखि २७ गत्तेसम्मका विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन । २४ गत्ते हातमा कालोपट्टि बाँधेर प्रशासन घेराउ गर्ने, हरेक दिन हातमा पट्टि बाँधेर प्रशासन घेराउ गर्ने कार्यक्रम आधा घण्टा थप्दै जाँनेछन । 
 

प्रतिक्रिया दिनुहोस