घुस लिएको अभियोगमा पक्राउ

रासस

सोमबार, २३ भदौ २०७६, २० : १५
घुस लिएको अभियोगमा पक्राउ

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले घुसबापत लिएको रकमसहित आज सिरहाबाट नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीलाई पक्राउ गरेको छ । 

आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले विष्णपुर गाउँपालिका–१ चौकस्थित होटलबाट रु ८० हजार घुससहित नेपाल विद्युत् प्राधिकरण सिरहा शाखाअन्तर्गतको विष्णुपुर वितरण केन्द्रमा कार्यरत इलेक्ट्रसियन छेदी साह सुनारलाई पक्राउ गरेको हो ।

करारमा जागिर लगाइदिने भन्दै स्थानीय एक जनासँग लिएको रु ८० हजार घुससहित साहलाई पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि बर्दिवास लगिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस