विप्लव समूहका कार्यकर्ता पक्राउ

रासस

सोमबार, २३ भदौ २०७६, १९ : २९
विप्लव समूहका कार्यकर्ता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका एकजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ बस्ने ४५ वर्षीय विलास परियार रहेका छन् ।

चन्द समूहका जिल्ला सदस्य परियारलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । परियारलाई प्रहरीले केही दिनदेखि पछ््याइरहेको थियो ।

ग १५ प २१७० नं को मोटरसाइकलमा दुलेगाँैडाबाट पोखरातर्फ जाँदै गर्दा परियार शनिबार दुर्घटनामा परेका थिए । पोखरास्थित मणिपाल अस्पतालमा उपचार पश्चात् घर फर्किएका परियारलाई इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस