विमानस्थलबाट सुनसहित तीन जना पक्राउ

रासस

सोमबार, २३ भदौ २०७६, १८ : २९
विमानस्थलबाट सुनसहित तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई आज बिहान पक्राउ गरेको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले विमानस्थलको आगमन कक्षबाट कतारबाट आएका गुरुङलाई एक किलो ४०० ग्राम सुनसहित बिहान पक्राउ गरिएको जानकारी दिनुभयो । 

गुरुङ हिमालय एयरलाइन्सको उडान नं एच ९५६४ मार्फत नेपाल आएका थिए । प्रहरीले गुरुङलाई विमानस्थलमा लिन पुगेका अन्य दुई जनालाईसमेत पक्राउ गरेको छ । पछि पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन । घटनाबारे आवश्यक अनुुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस