चितवन । भरतपुर महानगरपालिका वडा नम्बर नौ, शरदपुरमा भदौ २८ गते शनिबार एक सय २२ वटा रोटर्याक्ट क्लबका अध्यक्ष र सचिव भेला हुँदै छन् ।
रोटर्याक्ट क्लब अफ नारायणी मिडटाउनले रोटर्याक्ट क्लबका अध्यक्ष र सचिवहरुको राष्ट्रिय भेला आयोजना गरेको हो । कार्यक्रमस्थल शरदपुरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी भेलाबारे जानकारी दिइएको थियो ।
रोटर्याक्ट क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष लोमश श्रेष्ठले अन्य ६ वटा रोटर्याक्ट क्लबको सहयोगमा भेलाको आयोजना गरिएको जानकारी दिए । कार्यक्रम संयोजक राजीव घिमिरेले रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रहेका एक सय २२ वटा क्लबबाट सहभागी आउने बताए ।
अञ्चल प्रतिनिधि सुनिल घिमिरेले दिनभर चल्ने राष्ट्रिय भेलामा चार घण्टासम्म तालिम सत्र रहने बताए । उनका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी कार्यक्रमस्थलमा केही स्टल समेत राखिने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०७६, १७ : ०८
लेखकबाट थप