हिसिला यमी सवारी दुर्घटनामा परी घाइते

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०७६, ११ : १२
हिसिला यमी सवारी दुर्घटनामा परी घाइते

काठमाडौँ । पूर्व मन्त्री तथा समाजवादी पार्टीकी नेतृ हिसिला यमी सवारी दुर्घटनामा परी घाइते भएकी छन् । यमी स्कुटर दुर्घटनामा परेर अस्पताल भर्ना भएकी हुन् । 

आइतबार दिउँसो पार्टी कार्यालय जाने क्रममा ललितपुरको ग्वार्कोमा यमी सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी दुर्घटनामा परेको र तत्कालै विएण्डबी अस्पताल भर्ना गरिएको यमीकी छोरी मानुषीले बताइन् ।

मानुषीका अनुसार हिसिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बाहिरी चोट देखिएको छैन । हिसिला सवार स्कुटर उनकै सहयोगी एक युवतीले चलाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस