यी हुन् बालाजु माछापोखरीबाट समातिएका ९ भाइ

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०७६, १३ : ०४
यी हुन् बालाजु माछापोखरीबाट समातिएका ९ भाइ

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजु माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबारबाट सानो चाईनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलो सहित ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं जरङ्खु बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका–१ का २९ वर्षीय राम बहादुर तामाङ, जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका–७ का २७ वर्षीय पिटर तामाङ, फुटुङ बस्ने गोरखा अजिरकोट गाउँपालिका–४ का ३८ वर्षीय कुशल अधिकारी, शेषमति बस्ने नुवाकोट बिदुर नगरपालिका–१० का २५ वर्षीय धर्मराज तामाङ, नेपालटार बस्ने धादिङ खनियाबास गाउँपालिका–५ का २६ वर्षीय बिजय तामाङ, स्वयम्भू बस्ने रसुवा छोदिम्बु गाउँपालिका–४ का ३० वर्षीय योर्साङ लामा, सतुङगल बस्ने गुल्मी ईस्मा गाउँपालिका–५ का ३० वर्षीय युवराज भण्डारी, रसुवा उत्तरगया गाउँपालिका–६ का ३६ वर्षीय छिरिङ तामाङ र माकलबारी बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका–१ का २८ वर्षीय राजन तामाङ रहेकाछन् । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएकोे छ ।

प्रतिक्रिया दिनुहोस