थारु पत्रकार संघको केन्द्रिय अध्यक्षमा सन्तोस दहित, १७ सदस्यीय कार्यसमिति चयन

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०७६, १० : २१
थारु पत्रकार संघको केन्द्रिय अध्यक्षमा सन्तोस दहित, १७ सदस्यीय कार्यसमिति चयन

चितवन । थारु पत्रकार संघको केन्द्रिय अध्यक्षमा दाङ्का पत्रकार सन्तोस दहित चयन भएका छन । संघको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेसनबाट दहित अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । 

दहितको अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय कार्यसमिति सर्वसम्मत चयन गरीएको थारु पत्रकार संघ चितवन शाखाका निवर्तमान अध्यक्ष कारी महत्तोले जानकारी दिए । समितिमा २ जना सदस्य भने पछि मनोनीत गर्नेछ । 

संघको उपाध्यक्षमा कैलालीकी उन्नती चौधरी, महासचिवमा चितवनका सन्त कुमार चौधरी, सचिवमा रुपन्देहिका कमल चौधरी र कोषाध्यक्षमा बाराका दस्यन्त चौधरीसहित १५ सदस्यीय समिति सर्वसम्मत चयन भएका हुन ।  

अन्य सदस्यहरुमा हेमन्त चौधरी, दिप्तीसिखा चौधरी, श्रीराम दहित, मधुरानी चौधरी, रनु चौधरी, सम्भु प्रसाद थारु, राम अवतार चौधरी, राजु चौधरी, रामचन्द्र कुस्मि र चन्द्रिका चौधरी रहेका छन । 

सौराहामा आज बिहान सम्पन्न महाधिवेसनका लागी देशभरका विभिन्न जिल्लाबाट १५० भन्दा बढी थारु पत्रकारहरु प्रतिनिधि, पर्यवेक्षकका रुपमा चितवन आएका थिए । 

प्रतिक्रिया दिनुहोस