उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि वीर अस्पतालमा परीक्षण शुरु

सफल खबर संवाददाता

शुक्रबार, २० भदौ २०७६, २१ : ४४
उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि वीर अस्पतालमा परीक्षण  शुरु

काठमाडौँ । उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा आजदेखि शुरुआत गरेको छ । 

डेङ्गु रोग परीक्षण गर्ने कीट अस्पतालले आफँै खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन थालेको अस्पतालका निर्देशक प्रा डा केदार सेञ्जुरीले जानकारी दिए ।

डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुने गर्दछ । टेकु अस्पतालमा बिरामी रिफर गर्दा अस्पतालले धान्न नसक्ने अवस्था आएपछि सबैभन्दा पुरानो अस्पतालले सेवा शुरुआत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस