काठमाडौं । कैलालीमा चार थान पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । उनीहरुलाई केन्द्रीय अनुसन्धान व्युरो ९सिआइबी० र कैलाली प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीले पेस्तोल बरामद भएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको बताए । उनले भने, ‘‘सबै कुरा भन्न मिल्दैन । अनुसन्धानमै लागेका छौं ।’’
बम बम
पेस्तोलसँगै केही मात्रामा गोली समेत बरामद भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा एक घरबाट चार थान पेस्तोल, सुनका गहनासहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनीहरुको साथबाट राष्ट्र बैंकका नक्कली कागजात, तमसुक र केही सुनका गहना समेत बरामद गरिएको बताइएको छ । उनीहरु तीनै जना अर्काको घरमा भाडामा बस्दै आएका थिए । पक्राउ परेकाहरु को हुन् भन्ने प्रहरीले खुलाएको छैन ।
प्रहरी स्रोतका अनुसार उनीहरुको साथबाट तीन सय करोडको एउटा र अन्य चेकसमेत बरामद भएको छ । उनीहरु मिटरब्याजी भएको हुनसक्ने प्रहरी आशंका छ । उनीहरुको साथबाट करोडौंको कारोबार भएको कागज बरामद भए पनि सक्कली हो कि नक्कली भन्ने खुल्न बाँकी छ । प्रहरीले यसबारे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस