प्रहरीको लाठी चार्जबाट अनेरास्ववियु संयोजक ऐन महर घाइते

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, १९ : २५
प्रहरीको लाठी चार्जबाट अनेरास्ववियु संयोजक ऐन महर घाइते

काठमाडौं । अनेरास्ववियूका संयोजक ऐन महरसहितका नेताहरु माथि प्रहरीले लाठी चार्ज गरेको छ । लाठी चार्जबाट अनेरास्ववियु संयोजक ऐन महर, समिक बडाल, सुदेश पराजुलीलगायतका विद्यार्थी नेताहरु घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीका अनुसार बुधबार विहान पक्राउ परेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित नेताहरुलाई भेट्न ठूलो संख्यामा नेपाल पुलिस क्लब पुगेका विद्यार्थीलाई गेटभित्र प्रवेश गर्न नदिन प्रहरीले बल प्रयोग गरेको हो ।

घाइते विद्यार्थीको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस