बालुवाटार जग्गाकाण्डका मीनबहादुर गुरुङलाई अख्तियारले बोलायो

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, ०७ : १३
बालुवाटार जग्गाकाण्डका मीनबहादुर गुरुङलाई अख्तियारले बोलायो

काठमाडौं । चर्चित बालुवाटार जग्गा घोटाला काण्डका नाइकेमध्येका एक मीनबहादुर गुरुङलाई अख्तियार दुरुपयोग अनसुन्धान आयोगले बयानका लागि बोलाएको छ ।

भाटभटेनी सुपरमार्केटका मालिकसमेत रहेका उनलाई ७ दिनभित्र हाजिर हुन अख्तियारले भनेको छ ।

अख्तियारले बुधबार सार्वजनिक गरेको सूचनामा तत्कालिन प्रचलित कानुन बमोजिम मुअब्जा दिएर अधिग्रहण भएको लतिता निवास क्याम्पभित्र पर्ने जग्गा मिलेमतोमा आफ्नो नाममा गरेको उजुरीको आधारमा केही बुझ्नुपर्ने भएकाले ७ दिनभित्र उपस्थित हुन भनिएको छ । सूचनामा अन्य ५८ जनालाई पनि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस