भरतपुर महानगरमा न्यायिक अधिकार र व्यवस्थापनबारे अन्तक्र्रिया

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०७६, १८ : ११
भरतपुर महानगरमा न्यायिक अधिकार र व्यवस्थापनबारे अन्तक्र्रिया

चितवन । सुन्दर सहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर बनाउनको लागि ‘न्यायिक अधिकारको प्रयोग एवम् स्रोत व्यवस्थापन’ विषयक अन्तक्र्रिया कार्यक्रम भएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय, प्रादेशिक एवम् संघीय तहको अन्तरसम्बन्ध र वित्तीय हस्तान्तरण, सीमा विवाद र निरोपण, स्थानीय तहको क्षमता विकास र स्थानीय सुशासनको बारेमा जानकारी दिनुभएको थियो । 

यसैगरी प्रशासनिक अदालतका अध्यक्ष काशिराज दाहालले न्यायिक समितिको भूमिका र अभिलेख व्यवस्थापन र प्रतिवेदन प्रणाली, प्रशासनिक मामिलाहरु, जनप्रतिनिधिहरु र कर्मचारीबीचको अन्तरसम्बन्ध बारेमा जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस