फेरि बढ्यो सुनको मूल्य

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०७६, ११ : ३२
फेरि बढ्यो सुनको मूल्य

काठमाडौँ । मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ । यस्तै चाँदीको मूल्य पनि रु १० ले बढेको छ । तीन दिनयता छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार रु ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको हो । यस्तै चाँदी तोलामा रु ८९५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस