ह्याकिङ पछि बन्द भएको एटीएम सञ्चालनमा आयो

सफल खबर संवाददाता

सोमबार, १६ भदौ २०७६, ०८ : ५८
ह्याकिङ पछि बन्द भएको एटीएम सञ्चालनमा आयो

काठमाडौं । चिनीयाँ ह्याकरले नेपाली बैंकका एटिएम ह्याक गरेर पैसा चोरेपछि अवरुद्ध एटीएम सञ्चालनमा आएको छ । ह्याकरले नेपाल र भारतमा गरि तीन करोड ६८ लाख रुपैयाँ भन्दा बढी रकम चोरी गरेपछि आइतबार बन्द भएका एटिएमहरू सुचारु भएका हुन् । 
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले  एटिएम सञ्चालन आएको जानकारी गराए।  पैसा चोरी कार्यमा संलग्न् ५ चिनियाँलाई प्रहरीले शनिबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस