चितवनमा गौ हत्याविरद्ध प्रदर्शन, गौ हत्या नरोकिए हतियार उठाउने चेतावनी

सफल खबर संवाददाता

आइतबार, १५ भदौ २०७६, १९ : ११
चितवनमा गौ हत्याविरद्ध प्रदर्शन, गौ हत्या नरोकिए हतियार उठाउने चेतावनी

चितवन । सुर्खेतको वन क्षेत्रमा भएको सामूहिक गौहत्याको विरोधमा चितवनमा विरोध प्रदर्शन भएको छ । बिश्व हिन्दु महासंघको नेत्रित्वमा चितवनमा गौ हत्या बिरुद्ध खवरदारी र्याली निकालिएको छ । बिश्व हिन्दु महासंघका केन्द्रिय अध्यक्ष टंकनाथ पौडेलको नेत्रित्वमा सयौको संख्यामा आएका हिन्दुबादि संघ संस्थाहरुले गौ हत्याको बिरोद्ध गर्दै र्याली निकालेका हुन् । चितवनको भरतपुर स्थीत चौबिषकोठीबाट सुरु भएको र्याली जिल्ला प्रहरीकार्यालय हुदै मालपोत चोकबाट वाईपास सडक हुदै जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर कोड सभामा परिणत भएको थियो ।

प्रशासन पुगेको र्यालीले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापन पत्र बुझाएको हो । विरोध ¥यालीको नेतृत्व गरेका विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय सदस्य टंक पौडेलले धर्म निरपेक्षताको प्रत्यक्ष प्रभाव हिन्दू धर्ममा परकोे बताउनु भयो । कार्यक्रममा बोल्दै पौडेलले गौ हत्याका बिषयमा सत्य तथ्य छानबिन गरी दोशीलाई कडा कारबार्ही नगरे सबै हिन्दुहरुले कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने बताउनु भयो । हिन्दुको आस्थाको केन्द्र मात्र नभै राष्ट्यि जनावर गाईलाई भिरबाट लडाएर मारिनु महापाप भएको बताउदै पौडेलले हिन्दुका बिरुद्ध हुने यस्ता खाले गतिबिधि कहिलेई सैहय नहुने चेतावनी दिनु भयो । उहाले धर्म संस्कृतिको रक्षाका लागी आवस्यक परे लाखौ मानिस सडकमा उतार्न तयार रहेको समेत बताउनु भयो ।

यस्तै, नारायणगढ महाआरती महासंघका अध्यक्ष प्रेमनिधि भारतद्धाजले नेपालको संविधानले संरक्षित गरेका गाईको हत्या गर्नु जघन्य अपराध भएको ठहर गरे पनि घटनाहरु दिन प्रति दिन बढ्दै गएकोमा आपत्ति जनाउनु भयो  । उहाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही नगरे देशभरका ओमकार जनहरु हतीयार उठाउन समेत पछि नपर्ने बताउनु भयो ।  

ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी बस्नेतले गृहमन्त्रालयले गौहत्याको सम्बन्धमा छानबिन समिति गठन गरेको जानकारी दिनु भयो । उहाले यस्ता किसिमका घटनाहरुलाई पुनः दोहोरिन नदिन सरकार एवम् सम्बन्धित निकाय जिम्मेवार रहने भन्दै ज्ञापनपत्र  प्रधानमन्त्रीको कार्यालयमा पु¥याउने प्रतिबद्धता जनाउनु भयो । गत भाद्र १३ गते दर्जनौ गाई मृत र सयौँको संख्यामा घाइते अवस्थामा भेटिएपछि राष्ट्रिय जनावरको अपमान गर्नु राष्ट्रकै अपमान भएको भन्दै ओमकार परिवार सडकमा उत्रिएको हो । कार्यक्रममा जिल्लाका हिन्दु धर्म संग सम्बनिधत संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनिहरुले हिन्दु राष्टको माग समेत गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस