पुस्तकालय दिवस सम्पन्न

सफल खबर संवाददाता

आइतबार, १५ भदौ २०७६, १२ : २३
पुस्तकालय दिवस सम्पन्न

चितवन । ‘पठन संस्कृतिको पुर्वाधारः पुस्तकालयको विकास र विस्तार’ भन्ने मूल नाराका साथ १२ औं पुस्तकालय दिवस चितवनमा विविध कार्यक्रम गरी सम्पन्न भएको छ । 

चितवन पुस्तकालय संघ र वीरेन्द्र बहुमुखी क्याम्पस पुस्तकालयको संयुक्त आयोजनामा आइतबार अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी पुस्तकालय दिवस मनाइयो । ..

वीरेन्द्र बहुमुखी क्याम्पस पुस्तकालयका संयोजक रमेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले पठन संस्कृतिको विकास हुनु आवश्यक रहेको बताउँदै बढ्दो इन्टरनेट र मोबाइलको प्रयोगले पुस्तकालयका पाठकहरुको संख्यामा कमी आएको बताउनुभयो । 

कार्यक्रमका विशिष्ट अतिथि सह–पुस्तकालयाध्यक्ष रुद्रबहादुर बोहराले पुस्तकालयको इतिहासका बारेमा प्रकाश पार्नुभएको थियो ।

२०६५ सालबाट विधिवत रुपमा पुस्तकालय दिवस नेपालमा मनाउन थालिएको सह–पुस्तकालयाध्यक्ष बोहराले बताउनुभयो । त्यसैगरी कार्यक्रममा नेपाली विभागका विभागीय प्रमुख प्राध्यापक डाक्टर होमनाथ सापकोटाले पठन संस्कृतिको विकासमा राज्य समेत सचेत बन्न जरुरी रहेको बताउँदै इन्टरनेटले पठन संस्कृतिमा ह्रास ल्याएको बताउनुभयो । 

त्यस्तै अर्का अतिथि डा. धनेश्वर भट्टराईले पुस्तक प्रतिको जिज्ञासा, चासो, अध्ययनको कमी हुँदै गएको उल्लेख गर्दै पुस्तकालयको विकास, वृद्धि र पुस्तक प्रतिको लगावमा वृद्धि गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो ।

कार्यक्रमका सभापतिसमेत रहनुभएका चितवन पुस्तकालय संघका अध्यक्ष एकनारायण पौड्यालले नेपालमा २०६५ सालबाट पुस्तकालय दिवस मनाउन थालिएको भएपनि चितवनमा २०६६ सालदेखि विधिवत रुपमा मनाउन थालिएको जानकारी दिनुभयो । उहाँले चितवनमा पुस्तकालय बैंकको स्थापना गर्ने बारेमा छलफल भइरहेको समेत जनाउनुभयो ।

कार्यक्रममा समालोचक डा. एकनारायण पौड्याल, प्रविना शिवाकोटी, प्रकाश आचार्य, समलोचक लक्ष्मी बराल, शारदा कँडेल सुवेदीलगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रम चितवन पुस्तकालय संघका उपाध्यक्ष खिलबहादुर अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस