रूख ढाल्दा घरमा बसेकी वृद्धाको मृत्यु

विहीबार, १८ माघ २०७४, १२ : २३
रूख ढाल्दा घरमा बसेकी वृद्धाको मृत्यु

नुवाकोट । आवास निर्माणका लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार विदुर नगरपालिका–२ मा एक वृद्धा युकुमारी शाहको मृत्यु भएको छ ।
गौरीप्रसाद कोइरालाको बारीमा रहेको शिरिषको रूख काट्ने क्रममा रुख घरतर्फ ढल्न पुगेर ८९ वर्षीया शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको आँगनमा बसिरहेकी वृद्धालाई विद्युतीय तारसमेत छिनालेर ढलेको रूखले लाग्दा घटनास्थलमा नै ज्यान गएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

अग्लो रूख भएकाले हाँगा काटेर त्यसपछि रूख ढाल्नुपर्नेमा लापरबाही तरिकाले एकैपटक रूख ढालेकाले दुर्घटना भएको भन्दै प्रहरीले संलग्नलाई पक्राउ गरी कारबाही शुरु गरेको जनाएको छ । रूख काट्ने जिम्मा लिएका ठेकेदार जीवन तिमिल्सिनासहित संलग्न पाँचजना अहिले प्रहरी नियन्त्रणमा छन् । (रासस)

प्रतिक्रिया दिनुहोस