गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखायो: बाबुराम भट्टराई

सफल खबर संवाददाता

शनिबार, १४ भदौ २०७६, १७ : ५८
गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखायो: बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाइरहेको प्रतिक्रिया दिएका छन् । समाजवादी पार्टीको ३ नं. प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा आयोजित पार्टी समायोजन कार्यक्रममा भट्टराईले उक्त प्रतिक्रिया दिएका हुन् ।

राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो, त्यसले तपाईंहरुले देख्नुभयो आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड १, उनले भने, सत्तरी वर्षभन्दा पुरानो नेपाली कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिंडिराखेकै छ । झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिष्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ ।

त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतालाई भ्रम छरिराखेकै छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेको आरोप लगाए ।

एउटाले लोकतन्त्रको नाममा जनतालाई ठगिराखेको छ । अर्कोले साम्यवादको नाममा नेताहरुले आफ्नो महल ठड्याएर विभिन्न देशमा परिवारसहित लाखौं खर्च गरेर भ्रमण गरेर बिताएका छन्, उनले भने, अर्कोले धर्मको पाखण्ड देखाएर त्यस्तो अपराध गरिरहेका छन् । यस्ता पुराना शक्तिहरुको युग अब समाप्त भयो ।ु

अध्यक्ष भट्टराईले नेपाली जनता पुराना दलहरुको पाखण्डबाट मुक्त हुन चाहिरहेको दावी गर्दै समाजवादी पार्टी विकल्प बनेर आएको बताए । जनताले चाहेको विकल्प दिनको लागि २१औं शताब्दीको नयाँ विज्ञानमा आधारित विचार, त्यसको आवश्यकता सुहाउँदो नीति तथा कार्यक्रम लिएर समाजवादी पार्टी उपस्थित भएको छ,उनले भने ।

प्रतिक्रिया दिनुहोस