योगेश भट्टराई बने संस्कारी, सुझाव दिन एकबिहानै पुगे देउवा निवास

सफल खबर संवाददाता

शनिबार, १४ भदौ २०७६, १२ : ०९
योगेश भट्टराई बने संस्कारी, सुझाव दिन एकबिहानै पुगे देउवा निवास

काठमाडौं । हालै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको रुपमा पदभार ग्रहण गरेका योगेश भट्टराई पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । 

सत्तारुढ दल र प्रतिपक्षी दलबीच दूरी बढेको भनिएको बेला त्यसलाई चिर्दै भट्टराईले शनिबार बिहान देउवालाई निवासमै पुगेर भेटेका हुन् । 

भेटमा भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएका थिए । 

भेटपछि भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

भट्टराईले जानकारी गराउँदै गर्दा देउवाले मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव समेत दिएको बताएका छन् । त्यसका लागी भट्टराईले देउवालाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस