ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु

विहीबार, १८ माघ २०७४, ११ : ५६
ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु

बनियानी, झापा  । झापाको हल्दीबारी–३ देउनिया पुल नजिकै ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हल्दीबारी–३, जलथलका ४७ वर्षीय भीमबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पृथ्वीनगरबाट हल्दीबारीतर्फ आउँदै गरेको मे १ त ६१७४ नंको ट्र्याक्टरले गिरीलाई बुधबार बेलुका ठक्कर दिएको थियो ।

ठक्करबाट गिरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि चालक ट्र्याक्टर छाडेर भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस