वृद्ध हत्या आरोपमा तीन बालक पक्राउ

रासस

विहीबार, १२ भदौ २०७६, १९ : ४५
वृद्ध हत्या आरोपमा तीन बालक पक्राउ

काठमाडौँ । एक वृद्धको हत्या आरोपमा प्रहरीले तीन बालकलाई पक्राउ गरेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–८ गरालीका ७२ वर्षीय गङ्गे बोहोराको हत्या गरेको आरोपमा सोही ठाउँका तीन बालकलाई पक्राउ गरिएको हो । 

अनुसन्धानमा सहज होस् भने उनीहरुको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको खड्काले बताउनुभयो । उनीहरुको सुनुवाइ बाल इजलासमा हुने बताइएको छ । बोहराको भदौ ८ गते राति हत्या गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस