भाद्र मसान्तभित्र अनेरास्ववियूको एकताले पूर्णता पाउने

विहीबार, १२ भदौ २०७६, १५ : ५२
भाद्र मसान्तभित्र अनेरास्ववियूको एकताले पूर्णता पाउने

काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियूको एकताले भाद्र मसान्तभित्र पूर्णता प्राप्त गर्ने इन्चार्ज हितमान शाक्यले बताएका छन् । एकताले गति लिन थालेपछि बिहीार बागबजारमा  साझा कार्यालयको उद्घाटन भएको छ।

वागवजार स्थित साविक अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय कार्यालयलाई नयाँ व्वस्थापन सहित साझा कार्यालय बनाइएको हो । आज उद्घाटन भएको कार्यालयमा नेकपाका तर्फबाट विद्यार्थी फ्याक्सन हेर्ने जिम्मेवारी पाएका इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाललाई अनेरास्ववियू केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियोे।

पार्टी फ्याक्सनको तर्फबाट कार्यभार सुम्पिएको औपचारिक घोषणा गरिएपछि अनेरास्ववियूका नवनियुक्त संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आआफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेको अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले वताए।

कार्यक्रममा इन्चार्ज हितमान शाक्यले भाद्र महिनाभित्र अनेरास्ववियूको एकता सकिने गरि छलफल अघि वढेको वताए। अनेरास्ववियूका संयोजक ऐन महर र रञ्जित तामाङले आफुहरु एकताको काममा सम्पुर्ण रुपले जुटेको वताए।

आज आयोजित कार्यालय उद्घाटन समारोहमा अनेरास्ववियूका पुर्व अध्यक्षहरु लेखनाथ न्यौपाने ,ठाकुर गैरे, रामकुमारी झांक्री , रमेश मल्ल , नविना लामा लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस