सौराहा आउने पर्यटक बेलुका ९ बजे नै सुत्न आएका होइनन्

विहीबार, १२ भदौ २०७६, १५ : १५
सौराहा आउने पर्यटक बेलुका ९ बजे  नै सुत्न आएका होइनन्

चितवन । पूर्वअन्र्थमन्त्री सुरेन्द्र पान्डेले सौराहा २४ घण्टा खुला हुनुपर्ने बताएका छन् । उनले सौराहा आउने पर्यटक बेलुका ९ बजे र्नै सुत्न आएका होइनन् भन्दै सौराहालाई अब २४ घन्टा खुला राखिनुपर्ने बताए । 

रत्ननगर नगरपालिका कार्यालय, चितवनको आयोजनामा सौराहामा आज सौराहा पर्यटकीय क्षेत्रमा लागु गर्ने भवन निर्माण मापदण्ड सम्बन्धी सुझाव संकलन कार्यक्रममा पाण्डेले भने ‘हालका दिनमा व्यवसायी नेता भएका कारण व्यवसायमा समस्या भएको हो ।’

उनले सौराहामा ४ वर्ष अगाडी देखि निर्माण गर्ने भनिएको सभाहल जग्गा बिवादका कारण समस्या भएको तर अहिले सबै पक्रिया मिली टेण्डर प्रक्रियामा गईसकेको बताए । पाण्डेले  पर्यटकीय क्षेत्रमा प्रहरीको पनि आवश्यकता नभएको बताउदै बरु निस्चित स्थान र दायरामा राख्नुपर्ने कुरामा जोडदिए ।

कार्यक्रमका सभापति तथा रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले सौराहाको बिकासको लागि र समस्या समाधानका लागि आफू सधैँ तयार रहेको र आजको कार्यक्रमको उद्देश्य पनि त्यही भएको बताए ।  उनले भने ‘सौराहाको बिकासको लागि मैले केहि समय अघि पर्यटनमन्त्री योगेस भट्टराईलाई भेटेर सौराहाको लागि नयाँ उपाहार दिनुस् भनेको छु।’ 

होटल एसोसियसन अफ नेपाल, सौराहाका अध्यक्ष सुमन घिमीरेले ०७५÷०७६ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्न १ लाख ८७ हजार पर्यटक आएकोमा सौराहामा त्यसको ८२ प्रतिशत मात्र आएको र हालका दिनमा सौराहामा दैनिक ७ हजार पर्यटक बस्न सक्ने क्षमता भएकोमा दैनिक ६०० मात्र पर्यटक मात्र मुस्किलले हुने गरेको बताए । उनले अब भ्रमण वर्षलाई सहयोग पुर्याउन र करिब ४ लाख पर्यटक भित्र्याउन घुमौ सौराहा अभियान चलाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै पर्यटन ब्यवसायी बासु ढुङ्गानाले सौराहामा वातावरणीय कुरा र स्थानिय कला र संस्कृतीलाई छोड्ने माहोल बन्यो भने त्यो आत्मघाती कदम हुने बताए । हालका दिनमा निकुञ्ज प्रवेश गर्दा १ दिनको टिकक सोहि दिनमा मात्र कामलाग्ने र अरुदिन काम नलाग्ने भएकाले १ पटक काटेको टिकट कम्तिमा ३ दिनको लागि काम लाग्ने हुनुपर्ने बताए ।

अर्का पर्यटन ब्यवसायी दिपेन्द्र खतिवडाले नगरपालीकाले होटलहरुमा एउटै किसिमको रङ लागाउने विषय स्वागत योग्य भएको तर यसका लागि कुनै कम्पनीले सहुलिएतमा दिए त्यो उत्तम हुने बताए । 

प्रतिक्रिया दिनुहोस