इनरुवा । जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ ।
उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको हो ।
अभियुक्तहरूलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ कार्तिक २०८१, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
सीआईबीबाट फोन गरेको भन्दै धम्की दिने व्यक्ति पक्राउ
स्रोत नखुलको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
जुवातास खेलिरहेका ३९ जना पक्राउ
कपिलवस्तुबाट २० लाख ५० हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ