चितवनमा डेंगु र स्क्रवटाईफसका कारण तीन जनाको मृत्यु

बुधबार, ११ भदौ २०७६, १८ : ५८
चितवनमा डेंगु र स्क्रवटाईफसका कारण तीन जनाको मृत्यु

चितवन । चितवनमा डेंगु र स्क्रवटाईफसका कारण तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् । कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरि दिएको जनाकारी अनुसार साउन यता डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ भने स्क्रवटाईफसका कारण एक युवाको मृत्यु भएको छ । यस्तै दुवैको संक्रमणवाट एक किशोरीको मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले बताए । 

केसीका आनुसार मृत्यु हुनेमा भरतपुर महानगररपालिका वडा नम्वर १ गंगोत्री मार्ग निवासी ७१ वर्षिय पुरुषको डेंगुको कारण मृत्यु भएको छ । यस्तै रौतहटका ३४ वर्षिय पुरुषको स्क्रवटाईफस र भरतपुर महानगरपालिकाको शुक्रनगर निवासि १६ वर्षिय किशोरीको मृत्यु भएको हो । किशोरीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य दुई जनाको चितवन मेडीकल कलेजमा मृत्यु भएको थियो । चालु आर्थिक वर्षमा १ हजार ३ सय ५६ जनाको परिक्षणमा ४ सय ३३ जनामा डेंगुको संक्रमण देखिएको केसीले जानकारी दिनु भयो । जिल्लामा हरेक ३/३ वर्षमा डेंगुको महामारी हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्ला पछिल्लो समयमा सरुवा रोगको राजधानी वन्दै गएको छ । व्यक्ति आँफैले फालेको फोहोरका कारण सरुवा रोगको संक्रमण वढ्दै गएको हो । अहिले लामखुट्टे कम भए पनि डेंगुको संक्रमण गराउने लामखुट्टेको संख्या वढि रहेको सो अवसरमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस