अब कक्षा ८ मा डी प्लस भन्दा कम अंक ल्याउने ९ मा जान नपाउने

विहीबार, १८ माघ २०७४, १० : ०२
अब कक्षा ८ मा डी प्लस भन्दा कम अंक ल्याउने ९ मा जान नपाउने

कक्षा ८ का विद्यार्थीले परीक्षामा डी प्लस भन्दा कम अंक ल्याए ९ कक्षामा जान नपाउने भएका छन् । शिक्षा मन्त्रालयले ८ कक्षामा डी प्लस कम ल्याउने विद्यार्थी माथिल्लो कक्षाकाे लागि योग्य नमान्ने तयारी गरेको छ ।

पाठ्यक्रम विकास तथा मूल्याङकंन परिषद् बैठकमा डी प्लसभन्दा कम आउने विद्यार्थीको शैक्षिकस्तर कमजोर हुने जनाउँदै त्यस्ता विद्यार्थीलाई ८ कक्षामै रोक्न मन्त्रालयलाई सुझाव दिएको थियो ।

बैठक उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा भएको थियो । त्यस बारे अर्को बैठक ठोस निर्णय गरिने मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिए ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा लागू भएको अक्षराङ्कन पद्धतिमा सी ग्रेडसम्म प्राप्त गर्ने विद्यार्थीले विषय हेरेर कक्षा ११ मा भर्ना पाउँछन् ।

प्रतिक्रिया दिनुहोस